काइँयो लिई फोरेर कपालका लट्टा
सफा हुन्छु नुहाउँछु स्कुल जान्छु झट्ट
नयाँ लुगा लगाई भई चिरिचट्ट
जुत्ता मोजा लाएर स्कुल जान्छु झट्ट
दिउसो खान पर्दछ ल्याउनु मकै भट्ट
खाजा पोको पारेर स्कुल जान्छु झट्ट
किन्दिनु न बाबाले कलम राख्ने बट्टा
झोलाभित्र राखेर स्कुल जान्छु झट्ट
खेलछुट्टीमा खेलौँला साथीसँग गट्टा
पढ्ने बेला पढ्ने हो स्कुल जान्छु झट्ट
आमा भरे सँगसँगै जाउँला बरु घट्ट
अहिले अल्लि हतार छ स्कुल जान्छु झट्ट ।
रमेशचन्द्र घिमिरे
२०७५/१२/२०
लमजुङ
मोबाइल नम्बर ९८५६०६०५५९
