Skip to content

मार्फा स्याउबारीमा


साथी तिमी त मार्फा हिडेछौ
स्वादिष्ट स्याउ खाने भएछौ
अकस्मात यो कसरी ?
जाने भयौ मार्फा बजारमा

हिजै त हो नि
हामीसँगै थियौं
खाना पिनासँगै गरेथ्यौं
तर त्याहाँ कुनै बास्ना थिएन
न त त्यहाँ कुनै रंग थियो
हरेक विषयमा हाम्रो छलफल हुन्थ्यो
हरेक साना कुरामा शिएर हुन्थ्यो

मैले तिम्रो कतै मन पो दुखाएँ कि
बोल्दा बोल्दै जीव्रो पो चिप्लाएँ कि
कसरी गऱ्यौ तिमीले
एक्लै मार्फा जाने निर्णय
मलाई पनि मार्फा जान मन थियो
तिमीसँगै स्याउका गेडी टिप्न मन थियो

सानो कुरा पनि
मकहाँ लिएर आउने तिमी
मसिनो मिठो पाउँदा
मलाई कहिल्यै नछुट्याउने तिमी
कसरी बदलिई आज
छाडी गयौं मार्फा मलाई तिमी
ठिक छ जाऊ तिमी
म कहिल्यै रिसाउन्न
मलाई थाहा छ तिमी
कसैको फन्दामा परेको हुनुपर्छ
मार्फाको स्याउसँगै पोइल हिडेको हुनुपर्छ
साथी जाऊ तिमी मार्फा बजारमा
छानेर स्याउ टिप्नु थुप्रै हजारमा

मार्फा मार्फा भनेर मात्र हुँदैन
स्याउबारीमा अँजिङगर पनि लुक्न सक्छ
सबै स्याउँ बसाउछन् भन्ने छैन
कुनै गनाउँने पनि हुनसक्छन
थैलैभरि स्याउ ल्याउनु साथी
तर सडे-गलेका होइन
मार्फा बजार घुमेर आउनु साथी
तर सडेका स्याउको गन्ध बोकेर होइन ।

–देवेन्द्र बस्याल, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *