मुण्ड-मुण्ड बुद्धी हुन्छ, कुण्ड-कुण्ड पानी हजुर,
अझै पनि सुध्रिएको छैन उन्को बानी हजुर ।
घरजमको कुरै छैन, उमेर पाखा लागिसक्यो,
अझै पनि हिँडेकी छन् बैँश छानी छानी हजुर ।
उन्को बैँश धेरै जसो उधारो मै बिक्री भए,
जवानीमै रित्याइ साकिन् यौबनको खानी हजुर ।
के उधारो, के नगद ? पसल चले हुँदो रैछ,
मत्लब छैन उनिलाई हानी र नोक्सानी हजुर ।
कुनै अर्थ छैन उन्ले हजार जुनी पाएपनि,
जिउनेलाई काफी हुन्छ एउटै जिन्दगानी हजुर ।

tapai ko gajal bhab prad 6
tapai ko gajal bhab prad 6 lekhdai januhola best of luck. prakash bihani qatar
कुनै अर्थ छैन उन्ले हजार जुनी
कुनै अर्थ छैन उन्ले हजार जुनी पाएपनि,
जिउनेलाई काफी हुन्छ एउटै जिन्दगानी हजुर ।
wow! kasto chotilo gajal!