Skip to content

त्याग

हे सखे-
मलाई पनि,
तिमीले बर्षौं बिताएका
दिनहरु जस्तै गरी बिताउन मन छ,
तिमिले कल्पना गरेर सजाएका
अनगिन्ती चाहना र रहरहरु पुरा गर्न नपाएका –
जीवनका ती अधुरा सपनाहरुलाई
एक पछि अर्को गर्दै
पुरा गर्न मन छ
मेरो खातिर
तिमिले बिताएका पट्यार लाग्दा
लामा रातहरुसंग साट्न मन छ
यदि मान्छ्यौ भने
मेरो लागि तिम्रा ती आँखा बाट झरेका
अनमोल आँशुका थोपाहरुको
मोल तिर्न मन छ
मिल्छ भने
मेरा लागि सांचेर सकिएका
तिम्रा ती रहर लाग्दा जवानी, बैंश र उमेरहरू
सबै सबै एकै चोटी जस्ताको तस्तै
फिर्ता गर्न मन छ
साच्चै तिम्रो कसम- सकें भने
हे सखे
तिमीले आफ्ना उज्ज्वल भविष्यको
सुनिस्चित बाटो त्यागेर
मेरै खातिर गरेका
त्याग र तपस्याको जीवन कथाको
कविता लेखेर
अलिकति भए पनि ॠण तिर्न मन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *