मन पैंचो दिउंला रात परेपछि आउनु
फाटेछ भने सिउंला रात परेपछि आउनु
अप्सरा हौ कि तिमि हौ कुनै मधुशाला
तिम्रै अधरले पिउंला रात परेपछि आउनु
रातमै खुल्छ क्यारे मीठो प्रेमको पाठशाला
अंगालोमा कसि दिउंला रात परेपछि आउनु
रित्ति सकेछ क्यारे हाम्रो प्रणयको भण्डार
बेसाहा गरेरै जिउंला रात परेपछि आउनु
प्रेमको अंगेनामा पकाई भावनाका परिकारहरु
प्रेमरसमा डुबाएर लिउंला रात परेपछि आउनु
