आधुनिक गीत, लोकगीत, लोकदोहोरी, पपगीत, रायप, हिपप जनचेतनाका गीतहरू, बालगीतहरू, राष्ट्रिय गीतहरू मात्र नभई भजन, धार्मिक गीतहरूसमेत म्युजिक भिडियो निर्माण गरी विभिन्न टेलिभिजन च्यानलमा प्रसारण गर्ने गरेका छन् ।
दुई दशक अगाडिसम्म हामी गीत सङ्गीत, रेडियो, क्यासेट प्लेयरहरूमा सुन्ने गथ्यौर्ं । तर अहिले गीत सङ्गीत सुन्नुको साथै त्यसको म्युजिक भिडियो टेलिभिजन च्यानलहरूमा हेर्नसमेत पाउने भइसक्यो । विद्युतीय सञ्चार माध्यमको विकास तथा विस्तारले गर्दा नेपालमा विभिन्न टेलिभिजन च्यानलहरू प्रसारणमा आइरहेका छन् । नेपालमा सरकारी स्तरबाट २०४२ साल साउन २९ गतेदेखि परीक्षण प्रसारणको रूपमा नेपाल टेलिभिजनको प्रसारण भएको हो । विगतमा सरकारी स्वामित्वको टेलिभिजन च्यानल नेपाल टेलिभिजनको मात्र प्रसारण भएकोमा अहिले निजी क्षेत्रका थुप्रै टेलिभिजन च्यानल प्रसारण भइरहेका छन् । सरकारी स्वामित्वको टेलिभिजन च्यानलहरू नेपाल टेलिभिजन, एन. टिभी, निजी क्षेत्रको कान्तिपुर टिभी, इमेज च्यानल, च्यानल नेपाल, नेपाल वान, सगरमाथा टेलिभिजन, एभन्युज टेलिभिजन, एबीसी टेलिभिजन च्यानलका साथै थुप्रै विदेशी टेलिभिजन च्यानल प्रसारण भइरहेका छन् । केही नयाँ टेलिभिजन च्यानल पनि प्रसारणको तयारीमा छन् । यस्ता टेलिभिजन च्यालनहरूले हिजोआज विभिन्न म्युजिक भिडियोहरू प्रसारण गरिरहेका छन् । टेलिभिजन च्यानलहरूमा म्युजिक भिडियोहरूको लोकपि्रयताले गर्दा विभिन्न गीतको म्युजिक भिडियो बनाउन लहर नै आइरहेको छ ।
म्युजिक भिडियो भन्नाले गीत सङ्गीतको मर्म, भाव अनुसारको त्यससँग मिल्ने गरी मोडलहरूलाई अभिनय गराई बनाइने एक किसिमको सिनेमालाई म्युजिक भिडियो भनिन्छ । यी यस्ता सिनेमाहरू म्युजिक भिडियोहरू विभिन्न टेलिभिजन च्यानलहरूले प्रसारण गर्ने गर्छन् । यसको लोकपि्रयताले गर्दा अहिले सबै प्रकारका गीतको म्युजिक भिडियो बनाउने गर्ने गरेका छन् । आधुनिक गीत, लोकगीत, लोकदोहोरी, पपगीत, रायप, हिपप जनचेतनाका गीतहरू, बालगीतहरू, राष्ट्रिय गीतहरू मात्र नभई भजन, धार्मिक गीतहरूसमेत म्युजिक भिडियो निर्माण गरी विभिन्न टेलिभिजन च्यानलमा प्रसारण गर्ने गरेका छन् । पहिला-पहिला जुनबेला नेपालमा टेलिभिजनको प्रसारण भएको थिएन त्यसबेला गीतहरू रेडियो क्यासेट प्लेयरहरूमा मात्र सुन्ने गर्थे । तर अहिले त्यसको म्युजिक भिडियो निर्माण गरी टेलिभिजन च्यानलहरूमा हेर्न मात्र नभई त्यसको भीसीडी, डीभीडीसमेत बनाइ बिक्री वितरण गर्ने गरिन्छ । गीतहरू एल्बम लोकार्पण, विमोचन गर्नुभन्दा पहिले नै हिजोआज त्यस्तो गीतहरूको म्युजिक भिडियो निर्माण गरिसकेका हुन्छन् । यसरी निर्माण भएका गीतहरूको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमा प्रसारण भएपछि गीतको लोकपि्रयता बढ्ने र यसले गर्दा बजारमा पनि राम्रो एल्बमको बिक्री बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । यसकारण अहिले गीतको म्युजिक भिडियो बनाउने लहर नै चलेको छ । यसका साथै म्युजिक भिडियो निर्माण गर्ने सङ्घ संस्थाहरू पनि धमाधम देखापरिरहेका छन् भन्ने केही टेलिभिजन च्यानल यस्तो म्युजिक भिडियोहरूको प्रसारणले नै चलिरहेको पाइन्छ । कुनै पनि प्रकारको गीतको म्युजिक भिडियो निर्माण गर्दा त्यस म्युजिक भिडियोमा गायकगायिकाको साथै विभिन्न मोडेलहरूको पनि प्रयोग गर्ने गर्दछन् । म्युजिक भिडियोहरूमा मोडेलहरूलाई अभिनय गराउँदा गीत अनुसार गीतको मर्म अनुसार मोडेलहरूलाई अभिनय गराइन्छ ।
अहिले केही म्युजिक भिडियोहरूमा हेर्दा गीत सङ्गीतअनुसारको मोडेलहरूलाई अभिनय नभई कतै अश्लीलता अनि छाडापन पनि देखिन थालेका छन् । अहिलेका म्युजिक भिडियो निर्माणकर्ताहरूले गीतको मर्म अनुसार गीतसँग मिल्ने गरी मोेडेलहरूलाई प्रयोग नगरेको देखिन्छ । यसबाट अश्लीलता बढेको छ । म्युजिक भिडियोको निर्देशक जितेन्द्र श्रेष्ठ अहिलेका केही म्युजिक भिडियोमा अश्लीलता देखिएकोमा चिन्तित छन् । यसमा विकृति नदेखिउन् भनेर सबै सचेत हुनुपर्ने निर्देशक जितेन्द्र श्रेष्ठ बताउँछन् । यसमा सबै म्युजिक भिडियो निर्माणकर्ताले ध्यान दिनुपर्ने देखिन्छ ।
नेपाली म्युजिक भिडियोहरूमा विदेशी म्युजिक भिडियोहरूको नक्कल गर्ने गरिएको छ । नेपाली सिनेमामा विदेशी सिनेमाको नक्कल गरे जस्तो नेपाली म्युजिक भिडियोहरूमा हलिउड र बलिउडका म्युजिक भिडियोहरुको नक्कल गर्ने प्रवृत्ति बढेको छ । यसबाट केही नेपाली म्युजिक भिडियोमा पनि हलिउड र हिन्दी म्युजिक भिडियोमा देखिने अश्लीलता र छाडापन देखिन थालेका छन् । म्युजिक भिडियोमा अभिनय गर्दा गीत सङ्गीत अनुसारको मोडेलहरूलाई अभिनय गराइएको छ वा छैन भनेर मोडेलहरूले ध्यान दिनुपर्छ । पर्दामा अनुहार देखाउन र पैसा पाउने भएपछि जस्तोसुकै तरिकाले प्रस्तुत हुन खोज्नुलाई राम्रो मान्न सकिँदैन । अहिले केही यस्ता मोडेल पनि छन् जुन आफूलाई बिट्नी स्पेयर्स, जेनेट ज्याक्सन, म्याडोना, राखी शावन्तको स्टाइलमा प्रस्तुत हुने गर्ने गरेका छन् ।
घरमा सबै परिवारसँगै बसेर टेलिभिजन हेर्ने गरिन्छ । यसकारण म्युजिक भिडियो निर्माणकर्ताहरू, मोडेलहरू र यस सम्बन्धित सबैले हाम्रो समाज, आˆनो संस्कृति, आˆनो संस्कारलाई समेत ध्यान दिई नेपाली म्युजिक भिडियोहरू बनाइ प्रसारण गर्नुपर्दछ । पछिल्लो समयमा नेपाली म्युजिक भिडियोहरू निर्माण गर्नेमा प्रतिस्पर्धा जस्तै देखिएको छ । यसकारणले भिडियो निर्माण गर्ने संस्था कम्पनीहरूको पनि धमाधम वृद्धि भइरहेको छ । यससँग सम्बन्धित व्यक्तिहरू पनि व्यस्त हुन थालेका छन् भने यस क्षेत्रमा नयाँ नयाँ प्राविधिकहरू नयाँ नयाँ मोडेलहरू पनि धमाधम देखिन थालेका छन् । यो नेपाली कला क्षेत्रको लागि सकारात्मक सङ्केत हो ।
