गीत, सङ्गीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र सङ्गीतमा समर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।
ओएसनेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड वितरण कार्यक्रममा यस वर्ष दीर्घ सम्मानबाट पाँच दशकदेखि निरन्तर गीत, सङ्गीत क्षेत्रमा लाग्नु हुने वरिष्ठ गायिका तीर्थदेवीलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
नोमिनेसनमा पर्नु हुने सबै पुरस्कृत भएको जानकारी गर्नुको साथै अण्ठाउन्न विद्यामा नोमिनेशनमा पर्नु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा अण्ठाउन्न विद्या मध्ये उत्कृष्ट एकलाई ओएसनेपाल म्युजिक अवार्ड कार्यक्रममा वितरण गरिएको थियो ।
विवेक कार्कीको सभापतित्वमा प्रमुख अथिति यज्ञलाल श्रेष्ठ अथितिहरू श्वेता खड्का, कृष्ण मल्ल, तिलक सुनुवार, प्रमोद खरेक, यम बराल, धिरज राई आदिको उपस्थितिमा सुगारिका के. सी र नरेश भट्टराईले कार्यक्रम सञ्चालन गरेको थियो ।
