Skip to content

सुसेली हाल्दै उकाली

  • by


सुसेली हाल्दै उकाली सुसेली हाल्दै ओराली
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।

वैंशमा बस्ने चौतारी भत्किएर पुरानो भो
रोदी घरमा लाएको प्रीति विर्सिएर विरानो भो
पर्ख न पर्ख भन्दाभन्दै ढल्केछ उमेर बेसरी
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।

तिमी पनि जून पनि उस्तै थियौ जमानामा
व्यूझएर कयौँ रात अँगालेथेँ सपनामा
थाहै नपाई वितेछ लौ तिम्रो र मेरो जवानी
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *