Skip to content

दुःखेको छ स्वाभिमान


अहिले मेरो घरभित्र गोमन पसेको छ
मानौं मेरै थाप्लामाथि उल्का खसेको छ ।।

अस्पतालमा देशभक्त भर्ना भएका छन्
किनभने गोमनले तिनलाई डसेको छ ।।

मेरो घरको भेद पायो टाढैबाट उस्ले
करेसैमा पसी उस्ले घुँडा धसेको छ ।।

आफ्नै लङ्काभित्र शत्रु विभीषणले डाक्यो
यसै कारण ढसमस्स शत्रु बसेको छ ।।

स्वाभिमान भन्ने बस्तु दुम्मु सम्म छैन
प्रद्युम्न झैं सीमाभित्र देश फसेको छ ।।

पराधीन ठान्थ्यो जस्ले हिजोसम्म आजै
उस्कै खुट्टा समातेर तेल घसेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *