Skip to content

सर्पले काचुली फेरेझै

????????????सर्पले काचुली फेरेझै !!!????????????

सर्पले काचुली फेरेझै बदलिँदो मेरो शहरको मौसम
हिउँदे सिजन हो वा मनसुनि झरि हो दोधारे मौसम

ग्लोबल वार्मिङ नै हो वा मौसमले नै मूड बदलेको हो
विरलै हिउँ पर्ने डाडाहरु समेत सेताम्मे पार्ने देखियो मौसम

मैले यस्तो नदेखेको हो वा मौसमले यो परिवेस नपाएको हो
मङ्सिर को महिनामै लालिगुरास फुल्ने देखियो मौसम

चराले अन्डा छिट्टै कोरलेको हो वा अन्डा भित्र बाटै कम भेलिडिटी ल्याएर आको हो
प्रहर प्रहर मा नचिनिने उपहार ल्याउदैछ मौसम

अस्ट्रेलिया मा आगो अनि आधी देखिन्छ,कतै शितलहर ले ज्यान गइरहेछ
सुनामी,भोल्केनो, भुकम्प,टोर्नाडो अनि विपत सबै नबताएरै ल्याउछ मौसम

औद्योगिक प्रदुषण हो अथवा प्रदुषण सहन गर्न नसक्नेले रिसाएर गरेको एक्स्पेरिमेन्ट हो
कार्बन उत्सर्जन कटौती ,ओजोन क्षय बचावट रोकेमा खै के पो गर्थ्यो मौसम ?????
????????????????????????????????????????????????????

-शिवराज कलौनी
२०७६/१०/०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *