Skip to content

हजुर गर्नुहुन्छ अनेक काण्ड


हजुर गर्नुहुन्छ अनेक काण्ड, मलाई भन्नुहुन्छ
पूराण सकेपछि केही खण्ड, मलाई भन्नुहुन्छ

हिउँ पगालेर श्रोत जुटाउन, धेरै लागि परेको छु
प्यास मेट्न धाउनुपर्छ कुण्ड, मलाई भन्नुहुन्छ

फूलबारीमा फूल फुलेका छन् टिप्न नजान्नेहरू
सिरमा राख्दा कस्तो घमण्ड, मलाई भन्नुहुन्छ

नमच्चिने पिङ अँध्यारोमा धेरै खेल्नु हुँदैन्थ्यो
चुडेछ डोरी मच्चायो बितण्ड, मलाई भन्नुहुन्छ

नियोजित रुपमा फसाउँन चाहन्छन् आफ्नाहरू
मृत्यु जितेको मान्छेलाई दण्ड, मलाई भन्नुहुन्छ

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *