केही फरक सोचेनौ र गरेनौ भने तिमी पनि
उस्तै हुने छौ ।
अरुहरू जस्तै, धेरै सोचेर केही नगर्ने जस्तै
केही नसोचेर केही नगर्ने जस्तै
धेरै प्रतिबद्धताहरू छन् आज उधारो
धेरै धेरैका, तिम्रा जस्तै
प्रतिबद्धता मात्रै छन् तिमी संगपनि भने
भो पुग्यो,
हामी आफैं केही गर्ने छौं भन्न अब हामी ढिला गर्ने छैनौं ।
अब ढिला गरिनु हुन्न,
यो हाम्रो अन्तिम अग्रह
फेरि पनि तिमी तयार छौ भने हामी साथ दिन तयार छौं।
