Skip to content

हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी

काठमाडौं, बुढानीलकण्ठ, पासिकोट क्षेत्रमा बौद्धिक अपाङ्गता भएका वालबालिकाहरू घरमै कोचिएर बस्ने बाध्यतालाई मध्यनजर गरेर यस केन्द्रले स्थापनाकाल देखि नै केही गर्ने मनसाय राखेको यहाँहरुलाई स्मरण गराउन चाहञ्छु । केन्द्रले निम्न आर्थिक अवस्था, यातायातको असुबिधा, अभिभावकबाट आफ्नो बालबालिकाको समस्या पहिचान गर्न नसकेको अवस्था आदिको कारणले गर्दा यस ठाउँमा नै दिवा सेवा सञ्चालन गर्नु पर्ने बाध्यता भएको छ । सामान्य बालबालिका हुर्के, बढेपछि आफै खाने, एक्लै वा समूहगतरुपमा विद्यालय जाने आउने तथा आफ्नो सुरक्षा आफै गर्न सक्छन् भने उल्टो यस्ता बालबालिकाहरुको सम्पूर्ण रेखदेख व्यवस्था गर्नु पर्ने हुनाले यो कदम चाल्नु पर्ने अनिवार्यता रहेको हो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको वृत्तिविकासको साथै यिनीहरुलाई सामाजिकिकरण गराउन केन्द्रको उद्देश्यमा सबैको साथ र हातेमालोको लागि सदैव अनुरोध छ । सबैको सरसल्लाह, सहयोगले मात्र यस केन्द्रको पूर्णता हुने अपेक्षा सहित केन्द्रको सदस्य बनी सामाजिक उत्तरदायित्व बोध एवं सहकार्य गर्न कार्यसमितिमा रही सक्रिय समाज सेवामा योगदान गर्न सबैसँग अनुरोधको अपेक्षा गरिञ्छ । त्यसैले अर्को व्यवस्था नभएसम्म सबैको साथमा हाल सञ्चालित यस दिवा सेवालाई व्यवस्थित गरी अघि बढाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *