पोहोर प्रेम दिवस कै दिन,
मैले गुलाबको फूल च्यातिदिए,
किनकी मैले फूलको भन्दा बढी कोमलता,
उसको प्रेमिल अङ्गालोमा पाएको थिएँ ।
पोहोर प्रेम दिवस कै दिनदेखि,
मैले जून हेर्न छोडिदिए,
किनकी जूनको भन्दा बढी शितलता,
उसको एक चुम्बनमा पाएको थिए!
पोहोर प्रेम दिवसकै दिन देखि,
मैले दुनियाको वास्ता गर्न छोडिदिए,
किनकि दुनियाको खोक्रो प्रेमभन्दा,
उसको काखमा बढी स्नेह पाएको थिए!
तर,
यो सालको प्रेम दिवसको दिनदेखि,
मैले उसलाई नै छोडिदिए,
किनकी मैले पोहोर गरेका अनुभूति हरु,
उसको प्रेमिल अङ्गालो,
उसको चुम्बन ,
उसको काखको स्नेह,
यो प्रेम दिवस देखि अर्कैले प्राप्त गर्नेछ,
मैले पाएका खुसी अर्कैले पोको बाध्ने छ,
त्यसैले मैले फेरि पछाडी फर्किनु छ,
एक बर्ष पछाडी जानू छ,
साच्चै भन्दा,
मैले उसलाई बिर्सिनु छ, आफुलाई परिवर्तन गर्नु छ।
अब फेरि मन लाई पुरानै बनाउनुछ।
