Skip to content


नमस्कार छ मेरो यो स्वीकार मित्र बान्धव
ऊर्जा मिल्छ सधैं प्रात संस्कारयुक्त मानव।।१।।
झुक्दछन् फलले हाँगा यो उसको हो महानता
हिलोमै फुल्छ बास्ना छ फूल कमल हो सदा।।२।।

श्रीखण्ड नाम झैँ काम आखिर काठ हो न यो
मूर्खले बुज्छ के ज्ञान खुर्पाको बिड ठाञ्छ यो।।३।।
कला कौशलले ढुङ्गा मूर्ति बन्दछ सुन्दर
मौका हेरि बसे हुन्न प्रतिभाको उजागर।।४।।

कोदो रोपेर खोजेमा के धान फल्छ आखिर
ओढेर बाघको छाला के स्याल बाघ बञ्छ र।।५।।
नदी बाँधेर रोकिन्न गन्तव्य सिन्धु धाउँछ
उर्लेर खहरे खोला के सिन्धु पुग्न पाउँछ।।६।।

हेर्दा सुन्दर आहा छ उस्तै मादक यौवन
देवता झैँ चिरञ्जीवी को सक्छ पार्न जीवन।।७।।
कर्मले ज्ञानले माञ्छे पुजिञ्छ है निरन्तर
ज्ञान र क्षमता जस्तै अर्को के वस्तु हुञ्छ र।।८।।

आमाको ममता जस्तो हुँदैन ममता अरू
बृद्धा आश्रम प्यारो छ दुग्ध भारा कता मरू।।९।।
कसेर पटुकी आमा सन्तान निम्ति त्याग छ
जस्तै हून् प्रतिभाशाली आमा विना अपूर्ण छ।।१०।।
यादव प्रसाद दुलाल

2 thoughts on “प्रतिभा र औचित्य”

  1. अलिक परिष्कार र अनुष्टुप् मा
    अलिक परिष्कार र अनुष्टुप् मा मेलो नपाएको जस्तो बुझियो ।

  2. यादव प्रसाद दुलाल

    यतातिर ध्यान जानेछ अब।सुझाव
    यतातिर ध्यान जानेछ अब।सुझाव निम्ति हार्दिक आभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *