Skip to content


देश फूले हामी फूल्छौ यही देश हाम्रो यश
मूल्यहीन छ प्राण यो अमूल्य छ प्यारो देश
अग्रगामी नेपाली हौं बन्छौ विकासको बाहक
विकृति हटाई देशमा बनाउँछौ यो समुन्न॥१॥

जन,वन, जल सम्पदाको गर्दै उच्च उपयोग
कुनाकन्दरा पार्दै उज्जवल समृद्ध पारौं अब
जर्जर नहोस् यो देश आफ्ना दुःख दर्द छोड
शान्तीसँग बाचूँ बाँचौं एकताकै मार्ग रोज ॥२॥

फूटे जुधे जन हामी आपसमै एकता तोडी
धुम्म कुहिरो बढ्दै जान्छ शान्त शोभा हरी
राखे वैरभाव मनमा न कदा लक्ष्य मिल्दछ
अरिङ्गाल भई उग्र अशान्तीले देश चिल्दछ॥३॥

ओइलाएझैं भानूको राँपले वृक्ष अनि पल्लव
गर्नु खै केमा एकता टुटे हाम्रो हामीले गौरव
भिन्न इच्छा व्यक्तिका स्वार्थ सबले त्याग्नुपर्दछ
रीचा हो राष्ट्रियता मूलमन्त्र उठेर जप्नुपर्दछ॥४॥

जुरुक्क हामी उठेर राष्ट्रको पक्षमा जुर्मुराउँदा
हुरर हुरर आन्दोलनमा तुफानझैं हुरहुराउँदा
रित्तोस रगत नशा सुकोस हार कदा मान्दिन
शरीर ढल्ला लाश बन्ला यो देश डुब्न दिन्न म॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *