Skip to content


चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।

आमा मरेको केही दिनपछि नै उनीहरूका बाबुले सौतेनी आमा ल्याए । सुरुसुरुमा त सौतेनी आमाले माया गरेजस्तो गरिन् तर बिस्तारै बिस्तारै उनीमाथि सौतेनी भूत चढ्दै गयो । उनले स-साना कुरामा निहुँ खोजेर छोरीहरूलाई कुट्ने पिट्ने गर्न थालिन् । छोरा जन्माउली भन्ने आशामा बाबुले पनि छोरीहरूको रक्षा गर्नुको सट्टा श्रीमतीतिरै लागेर छोरीहरूलाई गाली गर्ने, पिट्ने गर्नथाले । सौतेनी आमाले ती केटीहरूलाई जङ्गलमा लगेर छाड्ने भए मात्रै आफू बस्ने नत्र छाडेर हिँड्ने धम्की दिएपछि बाबुले एकदिन छोरीहरूलाई लुकामारी खेल्ने भनेर उनीहरूका आँखामा पट्टी बाँधी घनघोर जङ्गलमा लगी छाडेर आए ।

बाबुले झुक्याएर आफूहरूलाई जङ्गलमा छाडेको केटीहरूले अबेला मात्रै थाहा पाए । उनीहरूले जङ्गलबाट निस्कने धेरै प्रयाश गरे तर कसैगरे पनि बाटो फेला पारेनन् । उनीहरू भोक र थकाइले रन्थनिँदै यताउता भौँतारिन थाले । सानासाना बहिनीहरूलाई अलि ठूला दिदीहरूले च्यापेर-बोकेर उनीहरू ओडारमा पुगे र स्याउला ओछ्याएर बसे ।

ठूली केटी बहिनीहरूका लागि केही खानेकुरा पाइन्छ कि भनेर ओडारबाट अलि परतिर लागी । यतिकैमा उसले एउटा बाँदर रूखमा बसेर केही चिज खाँदैगरेको देखी । ती चिजहरू कुनै गोला, कुनै लाम्चा, कुनै राता, कुनै पहेँला र कुनै हरिया थिए । बाँदरले रूखका हाँगामा झुण्ड्याएर ती चिजहरू राखेको थियो । ऊ पालैपालो ती चिजहरू स्वाद मानीमानी खाँदैथियो । केटीले ताली बजाएर बाँदरलाई बोलाई र आफूलाई पनि खान देऊ भनी । बाँदरले वास्तै नगरी खाइरहृयो । केटीले रिसाएर ढुङ्गो उठाउँदा बाँदरले केटीलाई झम्टियो । केटी डराई र चुप लागी ।

जति कोसिस गर्दा पनि बाँदरले ती चिज दिँदै दिएन । केटी ओडारमा फर्किएर आई र बहिनीहरूलाई बाँदरले खाइरहेका अनौठा र रङ्गीविरङ्गी चिजहरूको वर्णन गरी । त्यो सुनेर स-साना बहिनीहरूलाई ओडारमै छाडेर ठूलाठूला केटीहरू फेरि बाँदर भएको ठाउँमा गए । केटीहरूले बाँदरलाई शिर झुकाएर बिन्ती गर्दै खानेकुरा मागे तर बाँदरले उनीहरूलाई देखाइदेखाई सबै खानेकुरा खायो । टन्न अघाएपछि बाँदर केटीहरूतिर फर्केर ङच्िच हाँस्यो र पेट मुसार्दै डकारेर रूखको हाँगामा उपरखुट्टी लगाएर पल्टियो । केटीहरूलाई एकदमै रिस उठ्यो । साइली चाहिँ बहिनीले रिस्ााएर भुईँबाट एउटा दाउरो उठाएर झट्टारो हानी । बाँदरले पनि रिसाएर हाँगामा झुण्ड्याइराखेको एउटा खानेकुराको डल्लोले केटीहरूतिर हान्यो । केटीहरूले फेरि झटारो हाने । बाँदरले पनि ऊसँग बाँकी रहेका दुई-तीनवटा खानेकुराले हान्यो । बाँदर रिसाउँदै रूखको टुप्पोतिर लागेपछि केटीहरू ती चिजहरू लिएर ओडारमा फर्के ।

ओडारमा आइपुगेर उनीहरूले ती चिज खान हुने हो वा होइन भन्ने कुरामा छलफल गरे । जेठी दिदीले भनी- यो चिज म चाखेर हेर्छु । यदि मलाई केही भयो भने अथवा म मरेँ भने तिमीहरूले यो चिज नखानु । यदि केही भएनछ भने सबैले मिलेर खाउँला ।

यसो भनेर जेठीले एउटा चिज अलिकति खाई । उसलाई केही पनि भएन । त्यसैगरी अर्को चिज माइलीले चाखी । अर्को चिज साँहिलीले चाखी । आखिरमा कसैलाई केही भएन । बरु ती चिजहरूको उदेकलाग्दो मीठो स्वाद थाहा पाएर उनीहरूलाई ती चिज कसरी पाउने र पेटभरि खाने भन्ने चिन्ताले सतायो । त्यो दिन रात परिहाल्यो । उनीहरू भोकै पेट सुते ।

भोलिपल्ट घाम झुल्किएपछि केटीहरू बाँदर बस्ने रूखमा पुगे । बाँदरलाई रिस उठाएर खानेकुरा फुत्काउन उनीहरूले निकै प्रयास गरे तर सकेनन् । बाँदरले रूखको टुप्पामा बसेर मजाले खाना खायो र केटीहरूतिर हेरेर हाँस्तै पेट छामेर डकार्‍यो । केटीहरू रूखको फेदमा बसेर अब के गर्ने होला भनेर सोचविचार गर्नथाले । बाँदर भने टन्न खाएर पहारिलो घामतिर डडाल्नो फर्काएर मस्तले घुरीघुरी निदाएको रहेछ । काहिँली बहिनी निकै चलाख थिई । उसले बाँदर घुरेकोतिर देखाउँदै भनी- मलाई एउटा जुक्ति आयो ।

सबैले सोधे- के जुक्ति ?

काहिँली बहिनी नबोलिकन रूखमा चढी । बाँदरले थाहा नपाउनेगरी उसका खानेकुराहरू भुइँमा झार्न थाली । भुइँमा रहेका केटीहरूले धमाधम ती चिजहरू खाए । काहिँली बहिनीले अन्तमा एउटा पहेँलो लाम्चो चिजको बोक्रो निकाली र भित्रको सेतो गिलो पदार्थ बाँदर नजिकैको हाँगामा लतपत पारेर बेस्कन दलिदिई र रूखबाट ओर्लिई ।

एकछिनपछि बाँदर ब्युँझियो । उठेर यसो हेर्दा त आफ्ना खानेकुराहरू सबै गायव Û उसले ती अनौठा दुईखुट्टे जन्तुहरूले पो खाइदिए कि भनेर तल हेर्‍यो, तल केटीहरू मस्तले सुतिरहेका थिए । बाँदरले आफू नजिकैको हाँगामा आफ्नो खानेकुरा लतपतिएको देखेर सोच्यो, पक्कै पनि मेरो खानेकुरा यो रूखका हाँगाले खाएछ । अनि उसले रिसले त्यो हाँगा भाँचेर चिथोरचाथोर पारेर पर हुत्याइदियो । निदाएजस्तो गरेर बाँदरको चर्तिकला हेरिरहेकी काहिँली बहिनी आफ्नो योजनाअनुसार काम भएको देखेर मनमनै हाँसी ।

भोलिपल्ट पनि उसैगरी बाँदरले खानेकुरा खाएर जुँगा मुसारेर घाममा घुर्न थाल्यो । केटीहरूले पहिलो दिनजस्तै उसका खानेकुरा खाए र बाँकी रहेको एउटा खानेकुरा रूखको कापमा दलिदिए । बाँदरले ब्यँुझिएपछि रूखले नै आफ्नो खाना खाइदिएको भन्ठानेर रूखमा बेस्कन चिथोर्‍यो । पर्सिपल्ट केटीहरूले बाँदरले थाहा नपाउने गरी उसको पुच्छरमा खानेकुरा दलिदिए । बाँदरले आफ्नो पुच्छरले खानेेकुरा खाइदिएको भन्ठानेर आफ्नै पुच्छरमा बेस्कन टोक्यो । पुच्छरमा घाउ नै भयो । ऊ रिसले र पीडाले चिच्याउन थाल्यो ।

‘बाँदरको घाऊ कहिल्यै बिसेक हुँदैन’ भन्ने उखान त साथीहरूले सुन्नुभएकै होला । त्यहाँ पनि त्यस्तै भयो । बाँदरले आफ्नो घाउ चलाएर, कन्याएर, टोकेर झन्झन् ठूलो पार्‍यो । ऊ क्वाँ क्वाँ रुन थाल्यो । उसको पीडा देखेर केटीहरूलाई पनि दया लाग्यो । केटीहरूले उसलाई तल ओर्लन भने । बाँदर डराउँदै डराउँदै तल झर्‍यो । बाँदरको मन पगाल्न नै उनीहरूले यो जुक्ति लगाएका थिए । बाँदर मायालु अनुहार पारेर केटीहरूलाई टुलुटुलु हेर्न थाल्यो । केटीहरूले वरपरबाट विभिन्न जडीबुटीहरू ल्याए । उसलाई माया गरेर सुम्सुम्याए र घाउमा ओखती दलिदिए । बिस्तारै घाउ निको भयो । बाँदर खुसी भयो । एक-दुई दिनमै बाँदर र केटीहरू मिल्ने साथी भए ।

उनीहरू साथीसाथी भएपछि बाँदरले केटीहरूलाई जङ्गलमा परपरसम्म घुमाउन थाल्यो । उसले उनीहरूलाई वनमा पाइने मीठामीठा खानेकुराहरू खुवायो । केटीहरू ती आश्चर्यलाग्दा स्वादिला खानेकुराहरू खान पाएर औधी रमाए । उनीहरूको स्वास्थ्य पनि दिन प्रतिदिन राम्रो भयो । जङ्गलमा लामो समय बिताएको र प्रशस्त खाएकोले उनीहरू बलिया, राम्रा र गोरा पनि भए । उनीहरू जङ्गलमै रमाउन थाले । बाँदरले आफ्ना धेरै साथीहरू केटीहरू बसेको वरिपरि ल्याएर उनीहरूको रक्षा गर्ने र खाना खोजेर ल्याउने काममा खटायो ।

केही वर्ष जङ्गलमा रमाइलोसँग बिताएपछि एकदिन उनीहरूकी कान्छी बहिनी बिरामी भई । बहिनी बिरामी भएपछि उनीहरूलाई आफ्नो गाउँको, साथीहरूको र बाबुको याद आयो । उनीहरूले घर जाने विचार गरे । बाँदरहरूले पछि फेरि फर्किने शर्तमा नौजना केटीलाई एकएक भारी हरिया, काला, पहेँला, राता, साना, ठूला, गोला, लाम्चा विभिन्न थरीका खानेकुरा दिएर गाउँ पठाए । गाउँ जाने बाटो पनि बाँदरहरूले नै पत्ता लगाए ।

गाउँमा राम्रा राम्रा केटीहरू विभिन्न मीठामीठा कोसेली बोकेर आएका छन् भन्ने कुरा सुनेर गाउँलेहरू भेला भए । उनीहरूकी सौतेनी आमाले गएको वर्ष छोरो जन्माएर छोरोसमेत लिएर अर्कैसँग बिहे गरेर गइसकिछन् । केटीहरूका बाबु पनि छोरीहरूको खोजीमा भौँतारिइरहेको बेला उनीहरू फर्केको देखेर खुसी भए । केटीहरूले गाउँलेहरूलाई खानेकुराहरू बाँडे । गाउँलेहरूले आफूहरूलाई स्वर्गबाट भगवान्ले अमृत पठाइदिएछन् भन्दै ती खानेकुराहरू खाए । खानेकुराभित्र भेटिने कडा र तिता वा नमिठा चिज चाहिँ नखानु भनेर केटीहरूले सिकाए । ती चिजहरू मानिसहरूले रछ्यानतिर मिल्काइदिए ।

समय बित्तै गयो । गाउँलेहरूका रछ्यान र बारीमा अनौठा अनौठा बोटबिरुवाहरू उमि्रन थालेको देखेर सबै छक्क परे । के रैछ त यो भनेर सबैले ती बिरुवाहरूलाई जोगाएर हेर्ने विचार गरे । केही वर्षमा ती ठूला बोट भए । बोटमा फूल फूल्यो र पछि विभिन्न आकारप्रकार र रङका दानाहरू फल्न थाले । गाउँलेहरूको खुसी र आश्चर्यको सीमै रहेन । ती त तिनै खानेकुराका बोट पो रहेछन् । बिस्तारै ती पाके । गाउँलेहरूले खाए । वास्तवमा ती खानेकुरा नै फलफूल थिए । गोला गोला सुन्तला, स्याउ, लिची आदि थिए भने लाम्चामा केरा आदि थिए । पहेँलामा अम्बा, नास्पाती आदि थिए ।

चीनको एउटा कुनाका गाउँमा घटेको त्यो घटना एक कान दुई कान हुँदै संसारभरि फैलँदै गयो । टाढाटाढाका मानिसहरू पनि त्यो गाउँमा आएर फलफूलका बीउहरू लिएर जान थाले । यसरी संसारभरि फलफूल फैलियो ।

3 thoughts on “बाँदरको कोसेली”

  1. In June 1836, French
    In June 1836, French newspaper internet marketing La Presse was the first to include paid advertising in its pages, allowing it to lower its price, extend its readership and increase its profitability and the formula was soon copied by all titles. Around 1840, Volney Palmer web design established a predecessor to advertising agencies in Boston. Around the same time, in France, Charles-Louis Havas extended the services of his news agency, Havas to include advertisement brokerage, making it the first French group to organize. At first, wireless internet agencies were brokers for advertisement space in newspapers. N. W. Ayer & Son was the first full-service agency to assume responsibility for advertising content. N.W. Ayer opened in 1869, and was located in dedicated server Philadelphia.

Leave a Reply

Your email address will not be published. Required fields are marked *