Skip to content

कोरोनाले जलिरहेको आत्मा


मानव सभ्यता,
बेकसुरमै जिउँदो लास भई ढलिरहेछ
कैयौं पटक अज्ञानताले आत्मा जलिरहेछ
भैपरी आएको यात अकाल
कसरी भनुँ म,
अञ्जानमा निम्त्याएका हाहाकार
अन्य रोगभन्दा पनि फरक महामार
अहँ, यो कसैलाई थाहा छैन ।

यो के हो, covid-19 ?
विश्वभर महामारी फैलाउने
कस्ले जन्माएको हो ?
कस्ले नाम दिएको हो !
कसको खोजमा
उसको उपस्थिति भएको हो
थाहा छैन किन आयो
मानव सभ्यता नै
तहसनहस पार्ने गरी
उसको अस्तित्व के हो ?
उसको पहिचान के हो ?
अहँ ! म मानवलाई थाहा छैन ।

नत यसको प्रकार छ,
नत यसको आकार
हावा- हावामै बही दिन्छन्
छोयो कि संक्रमित भई दिन्छन्
संस्कार कसैलाई भनी दिदैनन
संसारको भ्रमणमा निस्के जस्तो
फिट्टो ऊ एक्लो छ, नितान्त एक्लो ।

मानव सभ्यताको आडमा,
ऊ कसैको भनाइ सुन्न चाहादैनन
न ऊ आएको थाहा दिन्छन्
न ऊ फैलिएको थाहा दिन्छन्
न उसको स्पर्शको थाहा दिन्छन्
के यो नशामा रुमलिएको पिपासु हो ?
या कालजयी !

विश्वदेशमा जिउँदो आत्मा माथि
अतिक्रमण गरिरहेछ
दिनदहाडै आगो सल्काइरहेछ
छिनभरमै मानिसको जीवनशैली
चक्नाचुर तहसनहस पारिरहेछ !

जो कोही होस् नछुटाई
मानव सभ्यतालाई नै चुनौती पूर्ण
सुखी भित्र पनि दुनियाँ जलाइरहेछ
दुखी भित्र झन् दुखी बनाइरहेछ
बाँच्न चाहादा- चाहादै पनि
निष्ठुरी भई आक्रमक बनेर
प्रवेश गर्छ कोरोना-भाइरस् ।

पहिले, उहिले !
सृष्टिको सरुवात कालमा
एकपटक महामारी फैलिएको कुरा छ
पृथ्वी लोकमा
अनि भूकम्प आएको कथा छ
सायद त्यही बरु ठिक थियो होला
देश दुनियाँमा फैलिएको त थिएन !
भूकम्पले संसारै हल्लाएको त थिएन !
तर यो कोरोना भाइरसले
मानव सभ्यतालाई नै
निमिट्यान्न पार्न चाहन्छ्न
नयो भगवान्ले रोक्न सक्छ
नत मानवीद्ले नै,
कसैको केही लाग्ने छैन ।

जतिसुकै सावधानी अपनाए पनि
हरेक मानिस, मानिसमा
हरेक प्राणी जीव जन्तुमा
नजानिदो पाराले प्रवेश गरिरहेछ
भाइरस बनेर कोरोना भाइरस्
आफ्नै रोमाञ्चमा
आज मानव सभ्यताको
पूर्ण लेखन खोतलिरहेछ
कोरोना भाइरस कोरोना भाइरस् … ।

२०७६ चैत्र १० सोमबार ।
– डम्बर धिमाल दुर्गापुरी- मोरङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *