अब कविता मात्र बाँकी छ-
पृथ्वीमा।
पृथ्वीमा-
देशहरू छैनन्।
पृथ्वीमा-
राष्ट्रियताको रेडियो विकिरण छैन।
र अचेल पृथ्वीमा-
कविताको नृशंश हत्या गर्ने
जल्लादहरुको जुलुस छैन।
आच्चिम ल्हेइ !
क्या सुनसान छ
पृथ्वी !
अब यै पृथ्वीमा
जन्माउनु पर्ने छ –
असंक्रमित समयको म्युटेसन।
आऊ कोरोणा !
यै कविताको ओछ्यानमा सुतौं
र
सेक्स गरौं।
