Skip to content

तिम्रो चर्चा चल्दा मनमा जलन किन हो


तिम्रो चर्चा चल्दा मनमा जलन किन हो
दिलको बदला दिल नपाइने चलन किन हो

नजिक नि छैनौ तिमी पर पनि हैनौ
तिमी नै घाउ तिमी नै मलम किन हो

जिन्दगीका खालि पाना तिमीले भर्निरहर
तिमी मसी म मसीबिनाको कलम किन हो

तयार छैन तिमीलाई पराई भन्न यो मन
निर्दोष यो दिललाई सधैं दलन किन हो

कल्पनालाई यथार्थमा खोज्दै बित्छन रातहरू
सामीप्यता बिनाको नि यो स्खलन किन हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *