नींद नआए जस्तै तिम्रो याद नआओस्
चाँदनीले सताउने रात नआओस्
सके हुन्थ्यो आफुलाई आफैबाट छल्न
धुँवा बनी बाँच्नु भन्दा बत्ती भई जल्न
यस्तो जिन्दगीको कुनै स्वाद नआओस्
हरेक खुशी आँसु बन्छ हरेक आँसु गीत
आफ्नै छाँया शत्रु पनि आफ्नै छाँया मीत
अब कुनै खुशी मेरो साथ नआओस्
स्वर: तारादेवी
