Skip to content


सबै कुरा सहे मित्र सहनु नै जिन्दगी हो
नदी जस्तै नरोकिई बहनु नै जिन्दगी हो

बैकुण्ठको कथा जस्तै नहोस यहाँ कसैको प्रेम
आफ्नो ब्याथा आफैसित कहनु नै जिन्दगी हो

रोग आउछन् सिकाउछन् मेरो मेरो भन्न छोड
बाचँ अनि बचाउ जीवन रहनूनै जिन्दगी हो

अरुको नै पृथ्वीमा तिम्रो अनि हाम्रो यात्रा
प्रकृतिको सिको गर्दै लहनु नै जिन्दगी हो

अरु देख्दा पारी पारी नपार्नु यो टाउको भारी
उद्देश्यको खोजी गर्दै गहनु नै जिन्दगी हो

– रमेश त्रिपाठी निराला
बुढानीलकण्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *