Skip to content
AyushBadal


जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई
यो धर्तीमा पाइला टेकाउने
भगवान हुन् मेरी आमा,
हो, आफू भोकै बसेर मलाई पेटभरि
मिठा मिठा अन्न खुवाई पेट भराउने
अन्नदाता हुन् मेरी आमा ।

आफू नाङ्गै बसेर भए पनि मलाई
दुई जोर राम्रा लुगा लगाइदिने
श्रद्देय नारी हुन् मेरी आमा,
हो, आफू रोएर भए पनि मलाई हसाउँने
हाँस्य कलाकार हुन् मेरी आमा ।

दु:ख र सु:ख के हो सिकाउने
गुरु हुन् मेरी आमा,
संघर्षको पाठ पढाउने
शिक्षिका हुन् मेरी आमा ।

स्वार्थी हुनु हुदैन भनेर सिकाउने
असल आचरणकी
नारी हुन् मेरी आमा,
हो, दुखीलाई सहयोग गर्नुपर्छ भनेर सिकाउने
मनकारी भावना भएकी
नारी हुन् मेरी आमा ।

दुखलाई सुखमा पऋणत गर्न सक्ने
हिम्मत भएकी
नारी हुन् मेरी आमा
हो, संसारमा मलाई
सबैभन्दा बढी माया गर्ने
नारी हुन् मेरी आमा ।

लेखेर लेख्न सक्दिन
मेरी आमा के हुन् भनेर,
भनेर भन्न सक्दिन
मेरी आमा के हुन् भनेर ।
यति भन्छु,
आफ्नी आमालाई सदैव सम्मान गरौ,
बृद्धाश्रमसम्म पुराउने कोसिस कहिल्यै नगरौं,
आमा छौ त हामी छौ, यो कुरा सबैले मनन गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *