नमुस्कुराउ सामुन्नेमा किन हो रक्त चाप बढ्न थाल्छ
नरिसाउ सामुन्नेमा किन हो मन डढेलोले डढ्न थाल्छ।।१।।
रिस राग छैन भन्दै तिमी किन मुर्मुरिन्छ्यौ आजभोली
नर्मुमुरिउ सामुन्नेमा किन हो तन दियालोझैं बल्न थाल्छ।।२।।
मेरा कुरा आजभोली पराईसामु तिम्ले काट्छ्यौ भनि सुन्दा
नछाउ सामुन्नेमा किन हो मन काटेको रुखझैं ढल्न थाल्छ।।३।।
यामिनीमा एकान्तमा तारा गन्या देखी अर्कैको बाहुबलमा
नअत्ताउ सामुन्नेमा किन हो मन चिसो हिउँझैं गल्न थाल्छ।।४।।
