म के भनौ, तिमी आफैँ बुझ न
मेरो ओठले तिम्रो नाउँ लिएको बेला
मेरो आँखा लाजले सर्माएको बेला
म के गरौ, तिमी आफैँ भन न
बोली मधुरो हुन्छ मेरो
तर्क अधुरो हुन्छ मेरो
मायाको सौगात कसरी दिऊँ म
कुनै उपाय बताइदेऊ
म के गरौ, तिमी आफैँ बुझ न
ओठ त्यसै काप्छन् मेरा
आँखा उसै सर्माउँछन् मेरा
मुटुको धड्कन कसरी सुनाऊँ म
कुनै बाटो देखाइदेऊ
म के गरौ, तिमी आफैँ बुझ न
Lyrics: Ramesh Dahal
Music/Arranger: Rahul Pradhan
Singer: Nisha Kandel
