Skip to content

जन्मेर हुर्केको म प्यारो ठाउँ छाडेर आएथें
सपना नौला नौला हजार मनमनै सजाएथें
जोर्नेछु घरबारी नि तिर्नेछु त्यो साहूकै ऋण
श्रम बेच्न पछी परिन कत्तिनि सदा एकैछिन

दुःखै पर्दा नै सम्झन्छ्न् सबैले आमा र देश
दुःखै गर्दछु खोले खान्छु भन्छन् जान्न प्रदेश
आफ्नो देश फर्किने मन छ नेपालमै रमाउने
आमा छिन टाढा दुःख पर्दा काखमै सुताउने

न सुन्छ राज्य परदेशमा बसेकाहरुका पीडा
लाग्दैछ चिन्ता कसोरी आफ्नै नेपाल फर्कुला
महामारीको बेला यस्तो समस्या परेको बेला
आफ्नै देश घर फर्कने मन कस्लाई हुन्न होला

संकटको बेला राज्य नै हो सहारा नागरिकको
प्रदेशमा आप्रवासी भनेर शून्य साहारा कसैको
न अर्बपति छन् खुशी छैन हाँसो झन् मुहारमा
कस्तो छ यो कहर मलिन देखिन्छन् अनुहारमा

पैसा छ हातमा सुख खुसी छैन शान्ती कतै नि
विपत्ती कस्तो विश्वभरमा छैन ठाउँ भागी जानी
शहर बजार सबै ढाक्दा त्राही त्राही मन सबैको
भन्छन् बसौं सुरक्षित हुने है आफ्नै घरभित्रै हो

न चिन्छ प्रवासमा कसैले न सेवा गर्दछ जानी
श्रम बेच्ने श्रमिकलाई यहाँ चिन्दैन श्रम नदिई
आफ्नै देश छ प्यारो अब त कर्म गर्नेछु वहीँ
नेपालै फिर्न जान खोज्छु खै बाटो छैन कहीँ

उमेरमा श्रम बेची सब जवानीको त्याग गर्यौं
ढल्कियो उमेर प्रदेशमा बुढो गोरुजस्तै भयौं
कमाउन सके छ हाइहाइ आपतमा पर्दा बाई
कमाई नै रहेछ आखिरमा त सबै बस्ने रमाई

पिडा छ अनन्य हृदयमा पोखूँ कस्लाई काहाँ
प्रदेशी हुनुको छ पिडा भुल्न नसकिने मनमा
भुलेर पिडा प्रदेशका सबै नेपालमै रमाउला नि
बिन्ती छ फर्कन पाउ नेपाल फर्काइदिनुस् भनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *