कोभिड गुरु
सम्पूर्ण विश्वलाई
विषाणु बनी
चिमोटी सिकाउँछ
मानवताका कुरा!
उठ्यो जुरुक्क
हारेको मानवता
अनि त गल्यो
अहमको उन्माद
कोभिडको युगमा!
अर्थशास्त्रको
ग्राफमा नअटेको
किसान हाँसो
उत्कृष्ट बन्यो ओहो
कोभिडको राज्यमा!
बोट होइन
फल मात्र हो खाने
सिकाउन यही
अति सूक्ष्म रुपमा
कोभिड अवतार!
– तिलकराज चुँदाली
सन्धिखर्क -१, अर्घाखाँची
