मायाको धेरै तहहरू चड्दै अघि बढ्दै
जब आमाको तहमा पुग्छिन नारी
त्यो बालकको मुस्काइसँगै
बदलिन्छ उनको दुनिया सबै
त्यो दुनिया उनको, त्यो उनको मात्रै
जहाँ न दिन हुन्छ, न त रात
न साँझ हुन्छ, न त प्रभात
बिना स्वार्थ बग्ने उनको माया
बगिरहन्छ अविरल जीवनको साथ
कठिन यात्रा आमाको
त्यहाँ न भोक छ न त प्यास
त्यै पनि आमा बन्नुमै छ
नारीको जीवनको गर्व अनि त्याग
