थुप्रै खेत छन् बारी उर्वर अति पाइन खान भन्छ उहीँ
खाली राख्दछ जमिन बाँझो सधै कर्मै नगरी बस्छ उहीँ
उर्बर देख्दैन आफ्नो कहिल्यै माटोमा बिउबिज छर्दैन
आफै मेहनत गर्न छाड्यो आलस्य छ उसको पेट भर्दैन
सुखको गाँस भन्दछ मिठास श्रम पसिना छैन बगेको
सुखै खोज्दछ सधैं उसले छैन दुःख सास्ती कतै सहेको
न मेहनत नै गर्यो कहिल्यै श्रमको न मूल्य बुझेको छ
बल छ बलियो बनाउने व्यर्थै अलकापुरी बसेको छ
न चैतन्य चेतना जगाउँछ न जाग्न लोकलाई भन्दछ
न नेतृत्व प्रदान गर्दै समाज जागा बनाउन उठ्दछ
हुन्छ आफ्नै मेहनत गतिलो रसदार मिठो अन्त्यसम्म
सिँचेर पसिना बगाए कर्मै धरामा बढ्नेछ झन् उमङ्ग
स्वप्नद्रष्टा बन्न सकेन निदाई रह्यो कुम्भकर्ण सरी साह्रो
सुनौलो भविष्य देखेन कति न अडान लियो पर्दा गाह्राे
सधैं भर कृपामा रम्न नसकि हेपिई बाँच्नु पर्दा मनमा
लाग है ए राजन जागी तब त पुरा हुनेछन् सबै सपना
निकाल्नु छ सिन्धुबाट रत्न नौला सुनौला पसिना बगाई
अल्छी बन्दै नबन भेद लक्ष्य श्रमले कर्म गरेरै रमाई
लक्ष्य साँधेको सारा पूरा हुनेछ आफ्नै पौरख कर्मबाट
श्रमै हो गतिलो पूरा गर्दछ स्वप्न आलस्यता फाल सब
श्रमको महिमा छ अपार श्रमैले पाइन्छ बुझ् सब थोक
श्रमै हो गतिलो मार्ग बन्ने सारा स्वर्णिम दुँनिया यो लोक
नछाड्नु कर्म गर्न अमृत हो श्रम पसिना सबै बुझेर
अल्छीले गर्न कर्म भुल्दछ फूल्न सक्दैन उ फक्रेर
