कर्मै गरियो सेवा प्रवाह दिन् दिनै देश जनताको
उर्जाशीलै समय बितेर गयो भन्छन् पेन्सन पाको
प्रवेश गर्दा सेवा नियुक्ति नयाँ लिँदा त्यो बखतमा
धैर्यता एकै छिन् नराखी लाग्दथे सदा सदा सेवामा
आफ्ना सिप ज्ञान क्षमता जति सबै लगाइ कर्ममा
सेवा नै धर्म हो भन्दै भए तत्पर जनताको सेवामा
सेवा प्रवाह नदीसरी अति सफा कञ्चन भएर गरें
नगरें स्वार्थ पूर्ती कुनै सबै सबै पारदर्शी भई गरें
काम गर्ने जोस जाँगर् नव युवा पीढिमा बढी हुने
उर्जा त्यो जोश खेर जान नदिइ लौ सेवामै रमाउने
हो जागिर यो गाँस बास कपास लौ भोकै मेटाउने
पक्कै हो कर्म मोर्चा बलियो चट्टान पहाड फुटाउने
लामै मैंले गरें सेवा देशको जनता साक्षी राखेर
कर्ममा कत्ति बिचलित न बने दुःखी म त आखिर
जे गरें धर्म सम्झी इमानले गरें सदा कर्म सारा
सेवा निवृत भए आज छाडी जादैछु साथी हे प्यारा
सेवा निवृत राष्ट्रसेवकको अनुभवलाई राज्यले
ठाउँ देओस् कदर गर्दै आफ्ना सबै अनुभव बाँड्ने
राज्यको गरी सेवा निवृत भ’का यि अनुभवी हात
राज्यकै हितमा लागि रहन सधैं राज्य देओस् साथ
काम गराईका शैली सब सब तौर तरिका अनुभव
जागिर जिवनमा बढ्यो मनग्गे ज्ञान साथै गौरव
अनेक तरह सुख सुविधा छुट्टै थ्यो शान सौकात
सधैं नम्र विनम्र बनि रहे देखाइन घमण्ड अौकात
वृत्तिविकास झुठमुठको भए नि मानसम्मान पेन्सन
राम्रा नराम्रा अनगिन्ति नै पाठ अनि के मात्र दिएन
जति लिइयो त्यसको तुलनामा सेवा देश जनतालाई
केही दिइयो कि भनेर गम खाँदा खासै भेटिनँ रमाइ
जागिरे त कोही म जस्तै अन्यथा दाबी गर्छ भने त्यो
अतिशयुक्त हुनेछ व्यर्थ सबै खोजेर भेटिन्दैन कुनै पो
सेवा निवृत्त भए सक्रिय जीवन कसरी जीउन सकिन्छ
जीउने कसरी हो ? त्यो हामीमैं सारा भर आखिर पर्दछ
अवकास जीवनमा पोख्दै न कट्छ तितो अनुभव
राखेर सकरात्मक सोच पार्नुस् है जीवन सम्भव
आफूसँग केही सीप भए कतै कतै जागिर खाएर
सीप अनुभव नभए नि नबस्नु निष्क्रिय मृत्यु पर्खेर
मज्जाले ताजा हावा हरियालीमा व्यस्त हुनु है सब
निवृत भइयो नमान्नु है कहिल्यै जीवनमा थकथक
जुन जागिरले यति धेरै दियो पछि पनि व्यस्त भइ
देशप्रतिको दायित्व पूरा हुन्छ त ? सेवा नगरी रमाई
अनुभव विगतको भविष्य आशामा जस्ले मद्दत गर्यो
आम जनता देशको अवस्था सुधार्न जो सहयोगी बन्यो
सुधारका मार्ग देखाई सुध्रनेछ मेरो देश भन्दै समाजमा
देशप्रतिको दायित्व बुझ्दछ भरेर देशभक्तिको भावाना
सबै पुरा हुन सकेनछ भने मैले प्रयास गरें भनि चित्त बुझाइ
राज्यसत्तामा भएकालाई राम्रो काम गर्न असल मार्ग देखाई
मन प्रफूल्लित पार्दै कर्म गरिरहदा होस् भन्दछ जो मृत्यूवरण
सुगन्ध मातृभूमीको माटो लिदैं जान पाओस् बासुदेव शरण
