कविता: #गणतन्त्र
म मौन छु आज
गणतन्त्रको शुभकामना
भनिरहदाँ मन नियास्रो पारेर
सोचिरहेछु त्यो अतीत
लागिरहेछ हामीले
बर्बाद गर्यौ एउटा सिङ्गो
त्यो कालखण्ड
समय खेर फाल्यौं
खुट्टा तानिरह्यौँ
हामी,नेपाली
एक अर्काका सधैं
जुझिरह्यौं!
ती सपनाहरू,
आशा र आश्वासनहरु,
बाचा र प्रतिबद्धताहरु,
खै आज कता हराएर गए!
मेरो देशले देखेको सपना,
अनि पलाएको मुना,
चुडिएर गएको छ आज!
कसै-कसैका लागि
अझै भनौं,जो आफू गणतन्त्रका
मालिक हौं झै गरेर
व्यवहार देखाउछन,
हो तिमिहरुले ल्याको गणतन्त्र होइन यो,
यहाँ त हजारौं हजारले बलिदानी दिएका छन
खै त, त्यो बलिदानी को सम्मान !
खै त सहिदको रगतको सम्मान !
यहाँ कसैले गणतन्त्रको नाममा
दरबार ठड्याए,
आसेपासेलाई भरणपोषण गरे,
आफ्नै दुनु सोझ्याए,
यस्तालाई गणतन्त्र बरदान भयो होला,
तर,
ती दुरादराज सम्म हेर त
कस्तो पीडा छ,
अनुभुती गरेर त हेर,
ए देशका शासकहरु हो,
मैले केहि फरक देखिन
पहिलेकाहरुमा र,
अहिलेकाहरुमा !
पर्खिरहे,
प्रतीक्षामा बसिरहे,
यतिका गणतन्त्र दिवस,
मनाईरहदाँ,
कतै फेरिन्छनकी तिम्रा ती
आनिवानी र व्यवहारहरु भनेर,
तर,तिम्रो त्यो दम्भ
अझै उस्तै छ,
अहँ , फेरिएनन् तिम्रा ती
आनिबानी र व्यवहारहरु,
मेरो भन्नू केही छैन,
तिम्रो मर्जी, जे गर्छौ गर,
तर,नेपाल आमालाई
समय-समयमा यसरी नदुखाउँ,
नबिझाउँ,
बिन्ती छ मेरो!
ए साशकहरु हो,
ती वीर,शहिदका सपनाहरू
कोपिला मै
निमोठेर नफाल,
सक्छौं मलजल गर,
तर,अपमान कहिल्यै नगर
यसरी,
सकिन्छ, जनतालाई गणतन्त्रको
प्रत्याभूति गराउन सक,
यदि सक्दैनौ भने त,
भो बन्द गर यी नाटकहरु,
कतै पनि नमनाउँ
देशमा उत्सव र उमंगका
कार्यक्रमहरु,
अर्थहीन कार्यक्रमको
कुनै औचित्य रहन्न
ए महासयहरु हो,
अब, नगर
गणतन्त्रको नाममा
शुभकामना आदानप्रदान,
अनि ठुल्ठुला कार्यक्रमहरु,
र,कतै पनि
नजलाउ दियोहरु,
अनि यौवन नटुक्राईदिउ
ती निर्दोष फूलहरुको
केवल गणतन्त्रको नाममा !
©………✍ करन बिवश
___????????????????????????????
मिति:-२०७७ जेठ १५ गते,बिहीबार
