सरूवा हुनु पनि चक्र हो जुन नियमै छ चल
कर्म क्षेत्र फेरियो अब लौ बस्न नगर्नु है बल
छाडी आफ्नो कर्म कृति जो भए है समर्पित
बस्दा जे भो तितो नमिठो त्यागेर है जान्छु सब
जे गरे गरे राम्रोसँगै पूरा है दायित्व आफ्नो सब
कर्मशील बने बनिरहे सेवा गर्न हरेक पल पल
नपहिले भेटिएको न कतै अघि देखिएको झट्ट
बस्दा जे भो मित्रजन हो संगाली है जान्छु सब
दायित्वबाट नपन्छिए सदा रहे कर्ममा निर्भीक
छर्न खोजे खोजिरहे चेतना मित्र हो सबै सिक
चक्का हो समयको घुमिरहन्छ है निरन्तर बुझ
बस्दा जे भो अनुभव त्यो लिएरै है जान्छु सब
दुखेसो गुनासो जे छ प्रकट गर्नु है जे छ स्पष्ट
कर्मको धारले न कतै कसै परेको छ भने कष्ट
जे जे छन् तोला तोला निकालेर फाल्नु है सब
बस्दा जे भो कर्मभाव त्यो तौलिए है जान्छु सब
