प्राण वायू हुँ म वीर पुत्र मनोहर यो देशको
उन्नति पथमा सदा लाग्ने मेरो ठुलो जमर्को
लाग्छु म सेवामा यही देशको सदा उन्नति गर्न
बनाउछु छाति ढाल म यस्को सदा रक्षा गर्न
प्यारो लाग्छ प्राणभन्दा यही मेरो देश नेपाल
यही देशमा सुनिन्छ मधुर नदीको कलकल
वीर हुँ म एक नेपाली सपूत सच्चा राष्ट्र भक्त
लोभ लालच जे जति दिएपनि हुन्न है आशक्त
मेरै देश सुन्दर राम्रो अति मेरै जन्मभूमी
उन्नति गर्न यही बनाउँछु विकासको रणभूमी
सौभाग्य पाए म जन्मी नेपाल माताको कोखमा
वीर हुँ म एक राष्ट्र भक्त शोक बदल्छु शक्तिमा
मेरो नेपाल रहेसम्म रहन्छ मेरो यो ढुकढुकी
यही देश नरहे हुन्छ बढो ठुलो दुर्गति
ज्ञान दीप भई चिर्छु म युगको त्यो कालरात्री
लाग्छु हटाउन सब वकृति चाहे होस् अन्थेष्टी
वीर म गर्छु सदा सदा कर्म अनि परिश्रम
फूलाउँछु यहाँ उन्नतिको फूल सबतिर सर्वाङ्ग
मेरो यो सुन्दर देश प्यार पूर्वजहरुको नासो
म लिन्छु उन्नति गर्न यही देशको बढो चासो
प्यारा पूर्वजको मैंले नाम राखूँ वीर म भई
सिँगारु मैंले यो देशलाई मूल विकासे फूटाई
मेरो वीरतामा सब खुसी होऊन् रम्दै यहाँ
मेरो समर्पण रहोस् सदा यही धर धाममा
******२०६३ श्रावण १० गते लेखिएको
