Skip to content

यात्रा कालि(महाकाली )को तीर

भाडाभरिका सपनाहरू
सत्यतामाथी लागेको दागहरुको बिपना
शितको आशीर्वाद सङ्गैको बिहानि झुल्को
पारी डाडामा डुब्न लागेको सुर्यको रातो प्रकाश
जस्ले तातोपनाको आड भन्दापनि रातका
ती अनगिन्ती सपनाहरूको संत्रास फालिरहेकोछ।
हिजो र आज अनि भोलि सपना फरक भएपनि
ती दाग मेटाउने भावना अनिद्राको साथ भैरहेकोछ।

खण्डखण्ड परेको दार्जुला जहाँ म
कालि(महाकाली )को पुर्बी मुहानमा बसि सुकेको आत भिजाउन चाहान्छु।
व्यास मन्दिरमा दर्शन गरि
कालापानीको शिरमा बसि मन लाग्ने गित गुनगुनाउन चाहान्छु।
लिपु भञ्ज्याङ् मा स्वतन्त्र भै बास्ना छरिरहेका ती अन्जान फुलहरुसङ्ग मितेरी लगाउन चाहान्छु।
र कालिको किनारमा रहेका गुँन्जि, नाबी कुटि जस्ता रमणीय ठाउँ सम्झना गर्दै लिपियधुरामा फर्फराइरहेको सुर्य चन्द्र आडमा केही समय सुस्ताउन चाहान्छु।
र सिमामा कसैले मेरो राष्ट्रियता माथी प्रश्न नउठाओस भन्ने चाहान्छु।

गुलेली मट्याङ्ग्रा ढाल तरबार अनि खुकुरिको इतिहासमाथी
आज कसैले
कालिको मुहान जोडी प्रश्न उठाउदै छ।
स्वाधीनता र सार्बभौमसत्तामाथी हस्तक्षेप गर्दैछ।
हो इतिहास खुकुरीको मात्र नभई पुर्खाको हार
ब्रीटिसको राज अनि उपनिवेश बनेको दार्चुलाको खण्डित भुभागको पनि छ ।
कोरोनाको संकटमा सुगौली सन्धि हेरि कालिको मुहान सारिदैछ।
नेपाली भुमिमा आज फेरि उचो स्वरमा बुट बजारिदैछ
राष्ट्र प्रेम र देशभक्तिको संयन्त्र रचिदैछ।

बिस्तारबादी सोच जाग्दै गरेको देख्छु,
लिपियाधुराबाट बग्ने नदिलाई कुटि याङ्दी भनिरहदा
०१८सालको जनगणना व्रीटिससङ्ग भएका हस्ताक्षर र प्रकाशित नक्सा हेरिरहेकोछु,
नेपाली भुमिमा डोजर चलाईरहदा र तिल्सिलाई काली
भनिरहदा सुगौली सन्धि सम्झिरहेछु
बुट बजार्दै गर्जिने तिम्रो खोक्रो घमण्डमा पुर्खाको इतिहास पढिरहेछु,०२७ सालको कार्यान्वयन सम्झिरहेछु।

लिपु भञ्ज्याङ् लाई सिमा भनिरहदा तिल्सि बनाई काली भनिरहदा
हामि आफ्नो प्रमाण सहित छारुङ गुन्जी कुटि देखि लिपियाधुरा बाट बग्ने नदिलाई काली नदि भनी दर्साइरहेका हुनेछौ।
तिम्रो खोक्रो घमण्ड अघि प्रमाणहरु पल्टाइ बार्ता चलाइरहेका हुनेछौ ।
प्रतिक्षारत त्यो समर्थनको जहाँ तिम्रो विस्तारबाद सोच हटाइ
लिपुलेक कालापानी र लिपियाधुरा नेपालको भनी चिनाउनेछौ।
तिमी कालिको रेखांकन गर्नु चन्द्र सुर्य अंकित झण्डा फहराउन मद्धत गर्नु, मिलेर द्विदेशीय सम्बन्ध प्रगाढ बनाउनेछौ।
तब बल्ल भाडाभरिका सपनाहरुमा हलचल आउनेछ
सुकेका आत चिस्सिनेछन,
थाकेका पैताला मरोरम दृश्यका पछी पछि लाग्नेछन
र म फर्फराइरहेको चन्द्र र सुर्य आडमा राष्ट्रिय गान गाउनेछु
यात्राका अनगिन्ती यादहरु सम्झनेछु ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *