Skip to content


हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै
पहाडको तारुण्यता छ विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं ।। १।।

जन परिश्रमी सदा छ उर्वरा मधेशको
र मोहनी, छटा, मनै हुरुक्क विश्वकाे
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

असभ्यता, अदुरता, अहिंशा र अराजता,
अज्ञानको अभिष्टले मिलेछ के त धीरता ?
नसम्झ यो अनन्तमा विलाउँदै छ बीरता,
गुराँसको सछत्रमा लुकेको छ सबै दिशा ।।३।।

अबेर भो अझै पनिऽ सुतेर बन्छ कि भुमी ?
अटूट र्काय भित्र नै बनी रहुन् सधैं भुमी ।
नचिनेर स्वयम्प्रति तिमी भने बेहोश छौ,
ए राष्ट्रका अनन्य हो तिमी कता हराएछौ ? ४।।

यो देशको उज्यालोको छ विश्वमा के संशय ?
गरे के हुन्न ? पाखुरा तिमीसँग छ निश्चय ।
फुलाउनु छ राष्ट्रको सगर्व फूल आँकुरा
अनेकतामा एकता मिलाउँदै यि टाकुरा ।।५।।

छ दूर लक्ष एक यो मिलाउने सबै जनऽ
जुटी महान संप्रभू फुलाउने सबै कणऽ ।
गरौं पवित्र निश्चय, गरेर ज्ञान संचयऽ
सम्बृद्धता यो देशको जपेर लाख तन्मयऽ ।। ६ ।।

भलो छ यो सबै मन मिलेर बस्दिए कतिऽ
सयौं सुपुष्प हार यो उनिएमा अझै कतिऽ
अति सुगन्ध देशको, हराभरा भई फुलोस् ,
यही छ कामना अझैं हिमालमा नयन् खुलोस ।।७।।

1 thought on “मेरो देश”

  1. janardan.kattel@gmail.com

    Please leave a comment after
    Please leave a comment after reading. your valuable comments are my sources of writings.

Leave a Reply

Your email address will not be published. Required fields are marked *