विकास गर्छुभन्दा भन्दै दशौ दशक बितायौ,
सबै नेपाली जनतालाई त थाग्नामै सुतायौ।
कति सहनु हामी,
सराकारी कर्मचारी को दुख दिने नीति,
अनि मन्त्रीको भ्रष्टाचार गर्ने राजनीति।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
मिलिजुली दस अर्ब मज्जाले खायौ
सपरिवार मज्जाले मोटायौ,
हिसाब खोज्दा त,
उल्टै पुलिसलाई लाठीचार्ज गर्न पठायौ।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
तिमीहरुको पारा,
आपत्त परेपछि मिलिहाल्छौ
चुनाव जितेपछि फुटिहाल्छौ।
दिनानुदिन कुखुराको मिट खान्छौ,
अँझै नपुगेर महामारिको बेला
अर्बौं अर्ब को किट पनि खान्छौ।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
महामारीको बेला पनि,
ओलिलाई छ सत्ता छोड्न दबाब,
प्रचण्डलाई छ प्रधानमन्त्री बन्न नपाउदा तनाव
एकआपसमा कति लड्छौ, किन बाज्छौ?
किन मरिहत्ते गर्छौ, त्यो कुर्सी को लागि, ए दानवहरु?
ए सत्तापक्षका सांसदहरु,
नलाउ फुर्ती दुईतिहाइ मतको
सक्छौ भने, राम्रो बन्देऊ न मनको
हो, सक्छौ भने राम्रो बन्देऊ न मनको।
कस्तो गनाउने खेल खेल्यौ यार,
बाहिर राष्ट्रियताको ठुला ठुला गफ हान्छौ
अनि भित्र भित्रै महाकाली र कोसिको दिल गर्छौ।
के यही हो त तिम्रो राष्ट्रियता?
नेपाली जनताले केही पाएनन्
हो, व्यवस्था फेरियो तर देशको अवस्था फेरिएन,
साल फेरियो तर नेताको ताल फेरिएन।
संविधान फेरियो तर इमान फेरिएन
हो कानूनका धारा फेरिए तर नेताको काम गर्ने पारा फेरिएन।
अब यति भन्छु, भ्रष्टाचार गर्नेलाई नदेऊ साथ
सक्छौ भने, जेलमा थुनेर राख,
सबैले खान छोड अब घुस
खानै परे खाऊ सुन्तलाको जुस।
अन्त्यमा, आजको आवश्यकता भनेको सकारात्मकता, सुशासन अनि गतिशीलता
र भ्रष्टाचारमा शून्य सहनशीलता हो,
आवश्यकता पूरा गर्न सक्छौ भने पूरा गर,
नत्र बिना काममा त्यो कुर्सी ओगटेर नबस
राजीनामा देऊ अनि युवालाई कुर्सी हस्तान्तरण गर।
धन्यवाद !
