Skip to content

हर प्रहरमा बाँचेकी छु


न तिमीलाई पाउने रहरमा बाँचेकी छु।
न तिमीलाई गुमाउने डरमा बाँचेकी छु।

तिमी र तिम्रा यादहरु दुवै प्रिय छन्।
तिनै याद हरुको सहरमा बाँचेकी छु।

न जीतको शंखध्वज न हार को शोक छ।
हाँस्दै मुस्कुराउँदै हर प्रहरमा बाँचेकी छु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *