Skip to content

ऊ मर्यो (छोटो कविता)

ArunSapkota


अन्तत :
ऊ मर्यो,
मल्हर सदा,
सूर्य बहादुर
वा
आम नेपाली झैँ
हिँड्दा हिँड्दै
अँझ भनौँ
बाँच्न खोज्दा खोज्दै
मर्यो ।
सरकार !
जनताका नाममा
तिम्रो सम्बोधन सकिएलगत्तै
ऊ मर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *