१.
पर्खाइमा छु
कोही आउला भनी
रित्तो सडक ।
२.
बिहानी पख
पारिजात झरेछ
नाङ्गो रुखमा ।
३.
थाकेको दिन
काम नभएको म
चन्द्र सुते छ ।
४.
मिठो बिहानी
चमेलीको सुगन्ध
भिजेका केश ।
५.
रुञ्चे आकाश
रित्तो जाईको बोट
खोई त उनी ?
६.
हाम्रो शहर
मन्दिर नै मन्दिर
जिउँदा लास
७.
उनको प्रेम
निस्पट्ठ अन्धकार
खोजिरहेछु ।
८.
रित्तो सडक
मुसलधारे पानी
आँशुका धारा
९.
नेताको बोली
भेडा जनताहरू
जस्ताको त्यस्तै ।
१०.
जाडो सकियो
खालि भएको मन
जस्ताको त्यस्तै ।
अर्जुन थापा
धुम्बाराही,काठमाण्डौं
