Skip to content


एकान्त बास औ कहरका कुरा
के गर्नु भन लौ सहरका कुरा ।

प्रिया गाउँमा छौ म एक्लै सहरमा
के गर्नु भन लौ रहरका कुरा ।

निशाझैँ अँधेरो छ चारै दिशामा
के गर्नु बिहानी प्रहरका कुरा ।

बढ्दै छ झन् झन् तिर्सनाको जालो
के गर्नु भन लौ जहरका कुरा ।

एक्लो सफरमा भएँ भाव-शून्य
के गर्नु गीत औ बहरका कुरा ।

२०७६/१२/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *