कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो
तनाबै तनाव छ, घरमा खाने सामल छैन
निषेधाज्ञा बालुवा पेलेर निकालीने तेलभो
कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो
ठुलाठालु र चण्डालहरू सारा कुदेका छ्न
जनतालाई आफ्नै घर समेत अब जेलभो
कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो
गरीबहरू मरिराछ्न अस्पताल देख्नै नपाई
सरकार भन्छ विकास र समृद्धिको मेलभो
कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेल भो
