उ पर आकाशमा नियालेर हेर्दा
ताराहरुझै मानिसहरू छरपस्ट छरिएका छन्
कोही अह्मको दुनियाँमा जलिरहेका छन्
कोही स्वार्थ सिद्धिको लागि लडिरहेका छन्
कोही यो चमकको दुनियाँमा भुलिरहेका छन्
कोही मदिरामा मस्त भई झुमिरहेका छन्
कोही झुट्को खेतीमा लागिपरेका छन्
कोही गगनचुम्मी घरहरुमा मख्ख देखिन्छन्
कोही नोटको दुनियाँमा बेहाल देखिन्छन्
कसैले हिंसाको परकाष्ठा नाघिसकेका छन्
कोही अवसरको खोजीमा पर्खी बसेका छन्
कोही चाकर, दलालको चङगुलमा फँसेका छन्
कोही विरामी अनि विरक्त देखिन्छन्
कोही भक्तिमा लिन अनि मस्त भेटिन्छन्
अनि कोही बाँच्नका लागि खाइरहेका छन्
अनि कोही मर्नका लागि पर्खी बसेका छन्
– साधना झा
राजविराज–५, सप्तरी
उप–प्रमुख, राजविराज नगरपालिका
मोबाइल नम्बर :–९८५२८२०६४३, ९८१४७४६४५९, ०३१–५२०९१३
उपाध्यक्ष, सगरमाथा साहित्य परिषद्
शैक्षिक योग्यता स् बि.ए.
पेशागत अनुभव :– २०४५ सालदेखि १० वर्ष शिक्षिका भई काम गरेको, १० वर्ष लेखामा काम गरेको, ५ वर्षदेखि फाइनान्स अफिसर र एजेकेटीभ बोर्ड मेम्बरको रुपमा काम गरेको
राजनीति :– २०६४ सालदेखि संलग्न रही आएको २०७० सालदेखि केन्द्रीय सदस्य भई राजनीतिमा संलग्न रहेको २०४५ सालदेखि हालसम्म विभिन्न सामाजिक संस्थामा आबद्ध भई काम गरेको विगतको दिनमा मैथिल महिला परिषदको सचिव हुँदै अध्यक्षसम्म भएको दहेज मुक्त मिथिला सगरमाथा साहित्य परिषद लगायत १६का संस्थामा आबद्ध मिति सिङ्गी मुङ्गरी मैथली टेली शृखलामा भूमिका निर्वाह गरेको २०४५ सालदेखि विभिन्न भाषा मैथली नेपाली र हिन्दी भाषामा कविता, गीत, नाटक, लेखी मञ्चन गरेको गराएको आफूले लेखेको रचना विभिन्न पत्र पत्रिकामा छापिएको र कितावमा पनि रचना छापिएको छ । साधना संसार नामक कविता संग्रहको पाण्डुलिपी तयार छ ।
