राम नै प्रेम हुन् प्रेम सीता पनि
प्रेम आराधना हो तपस्या पनि ।।
प्रेम पेवा हुने याे नठानून् युवा
प्रेम गर्छन् यहाँ ज्येष्ठ पाका पनि ।।
प्रेम उद्यानमा मात्र के हुन्छ र
प्रेमका क्षेत्र हुन् खेत पाखा पनि ।।
व्यर्थका धारणा भाे सबै त्यागियून्
प्रेम नै प्रेम हुन् लाेक भाका पनि ।।
प्रेम गर्ने सबैकाे छ एकै हक
प्रेम गर्छन् यहाँ चाेर डाका पनि ।
हाेम सुवेदी
*
