Skip to content


ऊ थियो महिमा, खासै भएन
गए पछि भेट्ने, आशै भएन

ऊ गयो जब यी, आँखा रसाए
फेर्न खोजें तर, सासै भएन

निस्तब्धता छायो, रोकियो बोली
सायद कुरा गर्ने, भाषै भएन

रहेन अस्तित्व, टुट्यो सम्बन्ध
जिउदो परै जाओस्, लाशै भएन

संसारकै रीति, यही नै रहेछ
बित्दै गयो समय, चासै भएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *