जिन्दगीमा सम्पतिभन्दा मलामी धेरै होस
जवानीको भन्दा मोल खरानीको धेरै होस
लाग्दैन मलाई यो जीवनको केही अर्थ छैन
कामनाले मात्र हुदैन, संसार उज्यालो होस
ढल्दैन मिति सक्किएका पर्खाल पनि आफैं
बेलैमा भत्काएर थोत्रो घर, नयाँ नयाँ बनोस
जतिसुकै कालो होस निस्पट्ट यो अन्धकार
बेकार बन्छ जब एउटै दियो प्रज्वलित होस
