Skip to content


आफ्नो खोकी पो खोकी
अर्काको खोकी त कोरोना पो हो कि ?
आफ्नो गाउँ पो गाउँ
अर्काको गाउँ त जाऊँ कि नजाऊँ ?
आफ्नो राम पो राम
अर्काको देशको राम त साँच्चै हराम !
आफ्नो डम्फू पो डम्फू
अर्काको डम्फू त सोरै आना लम्फू ।
आफ्नो भोक पो भोक
अर्काको भोक त महारोग ।
आफ्नो सुख पो सुख
अर्काको सुख त लाष्टै दुःख ।
आफ्नो हात पो हात त
अर्काको हात त टेक्ने हात ।

आफ्नो खोकी पो खोकी
अर्काको खोकी त कोरोना पो हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *