यो शरद् कालमा घुम्न जाऊँ कतै
फूलमा पातमा प्रीत लाऊँ कतै ।।
देवतै हार्दछन् मन्द मुस्कानले
देवको ईशको गीत गाऊँ कतै ।।
पाल थोत्रा भए शीत झर्ने भयो
झोपडी जीर्ण छन् आज छाऊँ कतै ।।
ब्याजको भारले कुप्रिए अग्रज
ब्याज वा साउँ होस् सो बुझाऊँ कतै ।।
होम सुवेदी प्रतिभा निकुञ्जको अभ्यास ।
