नाकाम
नालयक
नासमझ
र नादान यो समय
जसले हिजो पउल आस देखायो
जसले हिजो धेरै विश्वास देखायो
आज फनक्क तीनसय चौँसठ्ठी डिग्री फर्किएर
आफ्नो विरानो नचिन्ने भएको छ
यो समय आफूखुसी हिँड्ने साइँदुवा भएको छ
हिजो रगत माग्यो
हिजो विचारलाई भुटेर
मानिसलाई उसको पछिपछि हिँड्ने पिछलग्गु पनि बनायो
आज अचाडु भएको छ
आज आफ्नो मात्र हेर्ने स्वार्थी भएको छ,
कहिलेदेखि सिक्यो हँ !
समयले पनि छेपारालेझैँ रङहरू फेर्न ?
पेशल आचार्य
