Skip to content

मावो, भृकुटी र पृथ्वीनारायण

20200921_161920

ए कोहि छ ?
तेसले नाक खुम्च्यायो
उसले मुन्टो बटार्यो
अर्कोले टाउको कन्यायो
छेवैको ले देखेन
देख्नेले नि हेरेन
हेर्ने ले नि देखेन
परकोले मोबाइल निकाल्यो
घोप्टिएको शिरले
सन्सार देख्यो नजिक देखेन
जे देख्यो त्यो लेखेन

तारामण्डलको छानो
सिमली परेका भित्ता
सिस्नोको फाडो
पुरानो बर्को
पुसको जाडो मा
एक कोसो केरा
दसजनाको सामुहिक तस्वीर
तस्विर देख्यो व्यथा देखेन
एक कोसो केराले जाडो छेकेन
जे खिच्यो त्यो लेखेन
जे लेखेन कसैले देखेन

ए हजुर कता
झण्डा नफेर्ने
पहिचान नफेर्ने
तिम्रो गुलामको ऋण चुकाउ
ती शोषकिका बङगारा फुकाउ
तिम्रो हक र अधिकार नलिने
चिर्दै गरेको बन्चरो रोकियो
उसको नाकमा आगो झोसियो
मुन्टो येतै फर्कियो
टाउको बेस्कन हल्लियो
पहिचानको आवाज घन्कियो
अनि घन्किनु पर्ने कुरा थन्कियो
जे घन्कियो त्यो सुनिएन
टाउको हल्लिएको बुझिएन
आकाश खोज्दा बाकस भेटियो
रगतले भगत मेटियो

ए सुनेउ तिम्ले
बाह्र बर्सको तेत्रो कठोर मेहेनत
सुनेउ नि तिम्ले
कर्ममा रङ्ग भर्ने
धर्ममा कर्म जोड्ने
क्रेता र बिक्रेताका मुनाफामा
लर्के र चर्केको उत्पादन जोख्ने
साम्यवादको कुफ्ति छाटिए
उज्यालोका रङ्गोलिमा
परिवर्तन र स्वतन्त्रताका निराशा देखिए
उपरखुट्टि लाउने महका मालिक भेटिए
काढ्नेका हातै रेटिए
मान प्रतिस्ठा सत्ता र द्रब्यदानमा
इतिहास र भुगोल साटिए
त्रास वादले टाउको काटिए
तर जे काटियो त्यो ढाटियो
जे साटियो त्यो नि ढाटियो
सुन चादिमा रास्ट्र बाटियो
गरिबका करङ्ग भाचियो
ए पहिचानका सारथिहरु
तारे भिरमा गोरु पिट्दै
निन्द्रै नपुगी आँखा मिच्दै
अझै पनि किन ?
मावो चिन्छौ बुद्ध चिन्दैनौ ?
कार्लमार्क्स चिन्छौ भृकुटी चिन्दैनौ?
कोलोम्बोस चिन्छौ पृथ्वीनारायण चिन्दैनौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *