तिमी नजिक आए केही होला जस्तो लाग्छ
लत्रिएको मनले आकाश छोला जस्तो लाग्छ ।
कुनै हालतमा पनि आँसु नझार्नू सानु !
थोपा आसुँ पनि तर्नै नसकिने खोला जस्तो लाग्छ ।
नित्य प्रेमिल शब्द मात्र आऊन् भन्ने आश बोकेको छु
कटु शब्द ता मुटु छेड्ने शोला जस्तो लाग्छ ।
हामीबिच वियोग कहिल्यै नहोस्
भयो भने आकाश नै रोला जस्तो लाग्छ ।
माया गर्ने मामलामा तिमी कति माथि माथि
यस मामलामा यो ‘हाेम’ बमभोला जस्तो लाग्छ ।
